प्रतिनिधि सभा विघटनविरुद्ध रुष्ट विपक्षी गठबन्धनको बैठक शुरु

लोकपथ
245
Shares

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा शुरु भएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

यस नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो कांग्रेसको बैठकले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?