काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई अध्याँरो सुरुङमा हालेको भन्दै यसको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
उनले महामारीमा समेत यस्तो अधर्म गर्न सक्ने राष्ट्रपति र प्रधानमन्त्री यत्तिमै नरोकिने भन्दैं सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आव्हान गरेका छन् ।
थापाले नेताहरुलाई नअलमल्लिन र खुट्टा नकमाउन पनि सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया