काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक नेतृत्व र प्रणाली दुवै असफल भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै दिल्लीमा भएको १२ बुँदे समझदारीमा २०६२÷६३ सालको जनआन्दोलन भएको भन्दै जनआन्दोलनको रापतापमा परिवर्तनको नाममा भएका गल्ती कमजोरीहरुलाई सच्याउनुपर्ने पनि बताएका छन् । कमजोरी सच्याएर राष्ट्रिय सहमति नबनेसम्म वर्तमान प्रणालीमा रमिताहरु हेरिरहनुपर्ने पनि बताएका छन् ।
आजको राजनीतिक घटनाक्रमलाई उनले रमिताको संज्ञा दिएका छन् भने वर्तमान नेतृत्व र प्रणाली असफल भएको उनको निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया