आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीको आग्रह

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् ।

बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरुलाई बैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्न दलहरुलाई आग्रह गरे ।

‘बैकलल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमनत्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाउ सवैको सहयोगमा र कोभिड १९ का विरुद्ध लडौ ।’

उनले आफुले बैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे । उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुदै नभए संसद विघटनको बाटोमा जानसक्ने संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?