कांग्रेसले भन्यो- ‘संविधान र लोकतन्त्र रक्षाको लागि अन्य दलहरुसँग छलफल गर्छौँ’

लोकपथ
105
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनको लागि अन्य दलहरुसँग छलफल गर्ने जनाएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्दै कांग्रेसले त्यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र लोकतन्त्र मिचेको आरोप लगाउँदै त्यसको रक्षाका लागि अन्य दलहरुसँग छलफल गर्ने एक नेताले बताए ।

बिहीवार साँझ राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्ममा नयाँ सरकार गठन गर्न संविधानको धारा ७६ (५) बमोजिम आह्वान गरेकी थिइन् । त्यसलगत्तै कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?