बादलको पराजयपछि बास्कोटाको ट्वीट : ‘दुध ख्वाएर पालेका साँपले डस्यो’ !

लोकपथ
329
Shares

काठमाडौं । बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेद्वार निर्वतमान गृहमन्त्री रामबहादुर थापा बादलको पराजयपश्चात नेता गोकुल बास्कोटा कडा रुपमा प्रस्तुत भएका छन् ।

बादलको परायजमा आफ्नै पार्टीका नेताहरुले हराएको भन्दै दुध खुवाएर पालेका साँपहरुले डसेको संज्ञा दिएका छन् ।

बादलको पराजयपश्चात ट्वीट गर्दै नेता बास्कोटाले विपक्षीहरुसँग कुनै गुनासो नभएको बताउँदै आफ्नाहरुले धोका दिएको संकेत गरे ।

उनले भनेका छन्- ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’ 

आज भएको बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठबन्धनबाट उठेका डा खिमलाल देवकोटासँग पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?