हेर्नुहोस् आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

लोकपथ
119
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ४६ जनाको मृत्यु , देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

२. रामबहादुर थापाको विपक्षमा मतदान गर्नेलाई कारवाही गर्ने एमाले अध्यक्ष ओलीको संकेत, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा गर्नु र मतदान गर्नु क्षम्य नहुने चेतावनी

३. बाँकेमा १३ घण्टाको अवधिमा थप १७ जना कोरोना संक्रमितको मृत्यु, अक्सिजन र बेड अभावका कारण अवस्था भयावह बन्दै

४. पञ्चायत कालमा समेत ६ वर्ष प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका पूर्व आईजीपी खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन, आजै पशुपतिमा अन्त्येष्टि

५. मंगलबार नेपालमा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्टले चिन्ता थप्यो, नयाँ भेरियन्ट बालबालिकाहरुका लागि खतरनाक सावित हुनसक्ने विज्ञको भनाई

६. पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएको युवकको मृत्यु, निषेधाज्ञा तोडेर भारततर्फ जान लाग्दा सुरक्षाकर्मीसँग भएको थियो विवाद

. बुधबार बिहान लमजुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्पमा घर भत्किँदा चार जना घाईते, पाँचवटा घरमा क्षति पुग्यो

८. काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु, ४९ घाइते केहिको अवस्था गम्भिर

९. काठमाडौंको गौशालामा मारवाडी सेवा समितिले बनायो ५१ शैयाको निःशुल्क कोभिड आइसोलेसन केन्द्र, उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था

१०. हवाई उडानमा प्रतिबन्ध लागेपछि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई नेपाल एयरलाइन्सको विमानले साउदी लैजाने, विदेशी नागरिकलाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता धनराज गुरूङले जनाए आपत्ति

११. बागमती सफाइ महाअभियानको नवौँ वर्ष कोरोना प्रभावित मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण

१२. वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न नबिल बैंकले दियो ८ करोड, बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

१३. भारतमा हालसम्मकै धेरै संक्रमितको मृत्यु, ४५२९ जनाले गुमाए ज्यान सक्रिय करोना संक्रमितको संख्या ३२ लाख २६ हजार ७१९ पुगेको छ।

१४. निषेधाज्ञा जारी रहेको अवस्थामा पनि पोखरा फुटबल खेल मैदानको बाँकी निर्माणकार्य सुरु मजदुरलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी अघि बढाएको दाबी

१५. इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राति लिभरपुल र बर्नली प्रतिस्पर्धा गर्दै, ३५ सय घरेलु समर्थकमाझ लिभरपुलको अग्नि परीक्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?