सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएको युवकको मृत्यु

लोकपथ
3.4k
Shares
तस्वीर : सामाजीक सञ्जालबाट

काठमाडौं । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएको युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रंतापपुर गाउँपालिका-६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाईते राजभारलाई उपचारका लागि लैजादा बाटोमै मृत्यु भएको प्रवक्ता लामाले जानकारी दिए ।

प्रहरीका अनुसार आज बुधवार बिहान केही युवाहरु भारततर्फ जान खोजेका थिए । निषेधाज्ञा भएका कारण सिमापारी जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई रोकेका थिए । सोही कारण युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ ।

विवादपछि युवाहरुले ड्युटीमै रहेका सशस्त्र प्रहरीलाई आक्रमण गरेकाले हवाई फायर गरेको प्रवक्ता लामाले जानकारी दिए ।

यो पनि : सशस्त्र प्रहरीको गोली लागेर एक जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?