पूर्व आईजीपी बरालको ९३ वर्षको उमेरमा निधन

लोकपथ
77
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजीत बरालको निधन भएको छ ।

पूर्व आईजीपी बरालको मंगलवार साँझ महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो ।

बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय बराल पञ्चायत कालमा २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रहेका थिए । त्यस्तै उनी म्यानमारका पूर्व राजदूत समेत रहेका छन् ।

उनको आज नै पशुपति आर्यघाटमा अन्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?