भारतमा कोरोनाबाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

लोकपथ
147
Shares

काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मङ्गलवार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमवारको तुलनामा मङ्गलवार केही बढी सङ्क्रमित भएका छन् ।

भारतमा सोमवार कोरोना सङ्क्रमितको संख्या २ लाख ६३ हजार जना मात्र थियो भने मङ्गलवार पुनः २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित भएका छन् । गत सोमवार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलवार जनाएको थियो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित भेटिएका हुन् ।अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।

मन्त्रालयले बुधवार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन् ।

मङ्गलवार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ ।

भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?