गगन थापाले शुरु गरे कोरोना संक्रमितलाई निशुल्क यातायात सेवा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना संक्रमितहरुका लागि निशुल्क यातायात अभियानको शुरुवात गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले घरमा बसेका कोरोना संक्रमितलाई अस्पताल जानको लागि निशुल्क यातायात सेवा शुरु गरेको बताए ।

बुधवार (आज) नेता थापाले सामाजिक सञ्जालमार्फत आफूले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ४ मा निशुल्क यातायात सेवा शुरु गरेको जानकारी दिएका छन् । साथै सेवा लिनका लागि नेता थापाले सम्पर्क नम्बरहरु सार्वजनिक गरेका छन् ।

नेता थापाले सार्वजनिक गरेको मध्ये काठमाडौं महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३ र बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सकिने बताएका छन् ।

https://www.facebook.com/thapagk/videos/266746908567757

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?