काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना बाहेक अन्य अवस्थामा सरकारमा सामेल नहुने प्रष्ट पारेको छ ।
आज संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले अआफूहरु तत्काल सरकारमा सामेल नहुने बताएका छन् ।
‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा तर्क-वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन ।‘ जारी विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजावादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ । तर राष्ट्रिय सहमती वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडी बढ्न सकिनेछ ।’
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टीले आफ्ना सांसदहरुलाई स्वविवेको अधिकार दिएको थियो । यसैक्रममा जसपा भित्रको आन्तरिक विवाद चुलिएर दुई धारमा विभाजन देखिएको थियो । तर अध्यक्षद्वयको संयुक्त वक्तव्यले जसपाभित्रको विवाद समाधानउन्मुख रहेको बुझ्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया