पारु राई साङ्गीतिक यात्रामा फर्किइन्

लोकपथ
468
Shares
गायिका पारु राई एक दशक पछि पुनः अर्को साङ्गीतिक कोसेली ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक र श्रोता माझ आएकी छिन् । एक दशक अघि ‘प्यास’ नामक गीति एल्बमबाट साङ्गीतिक यात्रामा प्रवेश गरेकी राईले ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शकमाझ आएकी हुन् ।
राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकास लिम्बुले यो गीतमा साथ दिएका छन् । पछिल्लो समय विकास सम्भावना बोकेका गायकको रूपमा प्रस्तुत हुदैं आएका छन् ।

 

तिम्रो तृष्णा गीतको रचना गायिका स्वयंको हो भने सङ्गीत वरिष्ठ गायक तथा सङ्गीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायाङ्कन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । यस्तै  नेपालतर्फको निर्देशन सुरज तामाङले गरेका छन् । करिब डेढ दशक यता ब्रिटिस गोर्खा सेनामा कार्यरत साथै सामाजिक अभियन्ता मण्डल थेबे, पारु राई, विकास लिम्बु र बृक्षा लिम्बुले यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रङ्ग संयोजन नवीन निरौलाको रहेको छ ।

 

नेपाल छँदै सङ्गीतको आधारभूत शिक्षा लिई सकेकी गायिका राईले पारिवारिक जिम्मेवारीका कारण साङ्गीतिक यात्रालाई अगाडी बढाउन सकेकी थिइनन् । विगत तीन वर्ष देखि दि लन्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिई रहेकी छिन् । प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अँगाल्न सोचे जस्तो सहज छैन । ब्रिटिस आर्मीमा कार्यरत श्रीमान् दिलीप राईको प्रोत्साहनले आगामी दिनमा साङ्गीतिक क्षेत्रमा निरन्तर लाग्न प्रेरित गरेको उनले बताइन् । नेपालको पाँचथरमा जन्मिएकी पारु विगत ९ वर्ष देखि स–परिवार बेलायतमै बस्दै आएकी छिन् ।

 

म्युजिक भिडियो हर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?