छ महिना भित्र नयाँ चुनाव गरौं : कमल थापा

लोकपथ
572
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनाव गर्नुपर्ने बताएका छन् ।

मंगलबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले अपवित्र गठवन्धन बनाएर, पार्टी फुटाएर र सांसद किनबेच गरेर सरकार बनाउने गलत अभ्यासले प्रजातन्त्र विकृत हुने भन्दै निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनाव गर्नुपर्ने बताएका हुन् । अध्यक्ष थापाले विद्यमान संकटको समाधान चुनाव मात्रै भएको जिकिर गरे ।

‘अपवित्र गठवन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार÷अभ्यासले कंग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ ।‘ उनले ट्वीट गरेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनाव गरौं । विगतका त्रुटि कमजोरी हटाऔं । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।’

अध्यक्ष थापाले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत कोरोना महामारी विरुद्ध केन्द्रित गर्न राष्ट्रिय संकल्प र प्रयास भयो भने केही महिना भित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउने विश्वास पनि व्यक्त गरेका छन् । उत्साहका साथ चुनावमा गई अस्थिरताको वातावरणमा मौलाएको भ्रष्टाचार, सर्वसत्तावाद र धर्म परिवर्तनलाई पराजित गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?