आज संसदको विशेष अधिवेशन, विश्वासको मतका लागि मतदान हुने

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आज बस्दै छ ।

संसदको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्ने भएको हो । संसद बैठकका लागि सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । विश्वासको मतमा आजै मतदान गरिने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको दल नेकपा एमाले सँग १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत आवश्यक पर्छ । यसो हुँदा प्रधानमन्त्री ओलीलाई अर्को कुनै दलका सांसदहरुको साथको आवश्यकता पर्छ । ६१ सांसद भएको नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरिसकेको छ । ४९ सदस्य भएको नेकपा(माओवादी केन्द्र)ले पनि विपक्षमै मत दिने छ ।

यता ३२ सांसद भएको जसपाले पक्ष वा विपक्षमा मत दिने निर्णय गर्ने अधिकार सांसदहरुलाई नै दिएको अवस्था छ । जसपाका केही मत प्रधानमन्त्री ओलीको पक्षमा जानेजस्तो देखिएको भएपनि पार्टी भित्रै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले ओलीलाई मत नदिने अवस्था पनि बन्नसक्ने स्थिति छ । किनभने माधव पक्षले ओलीलाई माग पुरा गराउनको लागि सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिएको छ । माग पुरा नभए सांसद पदबाट राजिनामा दिएर ओलीलाई अल्पमतमा पार्ने दाउ नेपाल पक्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?