यस कारण रोकियो माधव-झलनाथ समूहको सामूहिक राजीनामा

लोकपथ
854
Shares

काठमाडौं । नेकपा एमालेका माधव–झलनाथ समूहका सांसदहरूको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । सिंहदरबारमा विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि माधव–झलनाथ समूहको राजीनामा रोकिएको हो ।

माधव–झलनाथ समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । सामूहिक राजीनामा दिनका लागि सिंहदरबार पुगेका माधव–झलनाथ समूहले विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामाबारे बिचार गर्ने बताएका छन् ।

माधव–झलनाथ समूहले राजीनामाबारे बिचार गर्ने बताएको नेता पौडेलले जानकारी दिए ।

पौडेलले भने, ‘उहाँले राजीनामाबारे बिचार गर्छु भन्नुभएको छ । उहाँहरु विनाशको बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?