काठमाडौं । बंगलादेशमा चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन भएको छ । अप्रिल १ मा एस आलम समूह र दुई चिनियाँ कम्पनीको संयुक्त लगानीमा निर्माणाधीन पावर प्लान्ट भएको आन्दोलनमा सात कामदारको मृत्यु भएको थियो भने १२ मजदुरहरू गम्भीर घाइते भएका थिए ।

बंगलादेश मुक्तियोद्धा मञ्चले मजदुरको मृत्युको क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

आज दिउँसो १२ बजे ढाका विश्वविद्यालयको राजु मूर्तिकारको अगाडि चिनिया कम्पनीविरूद्ध विरोध प्रदर्शन गरिएको र यसपछि संगठनका नेताहरू चिनियाँ दूतावासतिर लागेका बंगलादेशमा रहेको मिडिया कम्पसटाइम्स प्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया