काठमाडौं उपत्यका भित्रमात्रै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

लोकपथ
175
Shares

काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले लोकपथलाई जानकारी दिए ।

निषेधाज्ञाको पालना गराउँन ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यो संख्या सशस्त्र प्रहरी बिनाकै संख्या हो उनले भने ।

काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने १ सय ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतवार बिहान १० बजेसम्म १ हजार १ सय ६२ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी राठौंरले जानकारी दिए।

नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर सचेतना कक्षा लिएर छोड्ने गरेको एसपी राठौंरले बताए । त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ४ सय ३८ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?