निषेधाज्ञा उल्लंघन गर्नेमाथि प्रहरीको एक्सन : बिहानै १ सय ६२ जना होल्डिङ सेन्टरमा

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने १ सय ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतवार बिहान १० बजेसम्म १ हजार १ सय ६२ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले लोकपथलाई जानकारी दिए।

नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर सचेतना कक्षा लिएर छोड्ने गरेको एसपी राठौंरले बताए । त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ४ सय ३८ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

यस्तो छ निषेधाज्ञा शुरु भएदेखी निषेधाज्ञा उल्लंघन गर्नेहरुको विवरण : 

निषेधाज्ञाको पहिलो दिन १६ गत( बिहिवार) को विवरण
-२ हजार ३९ सवारी
-२ हजार ५ सय ३८ मानिस

निषेधाज्ञाको दोस्रो दिन १७ गते (शुक्रवार) को विवरण
-२ हजार २ सय ७८ सवारी
-४ हजार २ सय १९ मानिस

निषेधाज्ञाको तेस्रो दिन १८ गते (शनिवार) को विवरण
-१ हजार ६ सय ७७ सवारी
-३ हजार ७ सय २४ मानिस

होल्डिङ सेन्टरमा परे के हुन्छ ?

काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसहरलाई होल्डिङ  सेन्टरमा राखिने व्यवस्था छ । नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर राखिन्छ र सचेतना कक्षा लिएर छोड्ने गरिएको छ ।

सवारीको हकमा सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइ ड्राइभरलाई होल्डिङ सेन्टरमा र नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ ७ बजेपछि मात्र छोड्ने गरेको छ ।

मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?