वीरगञ्जलाई बचाउन ‘गुहार’ माग्दै एसएमएसमार्फत् स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

लोकपथ
434
Shares

काठमाडौं – तिव्र रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण आक्रान्त भएका वीरगञ्जबासीले जीवनरक्षा गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई एसएमएसमार्फत् ध्यानाकर्षण गराएका छन् ।

अस्पतालमा कोरोना संक्रमितको भीड, बेड पाउन मुस्किल भएको परिस्थिती, अक्सिजनको समेत हाहाकार भएको, थेग्नै नसक्ने गरी संक्रमित बढीरहेको अवस्थामा भारतसँग खुल्ला सीमानाका कारण ‘हटस्पट’ बनेका स्थानमा तत्काल युद्धस्तरमा समाधान खोज्न  वीरगन्जबासीले अनुरोध गरेका हुन् ।

कोरोनाको ‘चेन ब्रेक’ गर्न बिहीवारदेखि स्थानीय प्रशासनले पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेपनि अन्य व्यवस्थापनमा सरोकारवाला चुकेको भन्दै जनता समाजवादी पार्टी ‘जसपा’ का युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले प्रदेश २ सरकार र संघीय सरकारको ध्यानाकर्षण गर्न स्वास्थ्यमन्त्रीलाई दवाबमुलक एसएमएस पठाउने अभियान नै चलाएका हुन् ।

‘सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएका कारण स्थिती भयावह भएको छ । नागरिकको हालत खराब भइरहेको छ । यस्तो गैरजिम्मेवारपनका कारण नागरिकको जिउज्यानको सुरक्षामाथि नै प्रश्न उठेको छ ।’ लोकपथसँग कुरा गर्दै उनले भने ।

आक्रोशित सुनिएका उनी थप्छन्, ‘कोरोनाको दोस्रो लहर र अत्यन्तै कडा भाइरसले थला परेको वीरगञ्जमा हालसम्म कोरोना विशेष अस्पताल नबनाईनु, जनशक्तिको अभाब, आवश्यक तयारी नगरिनु, पुर्वाधारको कमी, परीक्षणको फितलो व्यवस्थापन, भ्याक्सिनको अभाव लगायतका समस्याहरुबारे जानकारी गराउन सर्राफको सक्रियतामा स्वास्थ्यमन्त्रीलाई एसएमएस पठाउने अभियानको थालनी गरिएको हो ।’

‘नमस्ते स्वास्थ्य मन्त्रीज्यू, तपाई के गर्दै हो  ? वीरगञ्ज कोरोनाले थला परिसक्यो !वीरगञ्जमा थप जनशक्ति पठाउनू, थप कोरोना अस्पताल बनाउनू, हटस्पटहरुमा तुरुन्तै भ्याक्सिन उपलब्ध गराउनू।’

सर्राफ थप्छन्, ‘वीरगञ्जबासी थला परे । विषम परिस्थितीमा समेतकानमा तेल हालेर बस्ने नेतृत्वको प्रवृत्तिमाथि प्रश्न उठाउँदै खबरदारीका लागि यही एसएमएस अहिलेसम्म १ सय भन्दा धेरै युवा एवम् अभियन्ताहरुले स्वास्थ्यमन्त्रीलाई पठाइसकेका छन् ।’

स्वास्थ्यमन्त्री त्रिपाठीको सम्पर्क नम्बरमा दवाबस्वरुप खबरदारी गर्न सर्राफले सार्वजनिक अपिल समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?