मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ हुने

लोकपथ
133
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

४ जना मन्त्री समावेश गरेर बुधवार नै शपथको तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

पुस ५ गते माओवादीका शालिकराम जम्मरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र अर्का एक मन्त्री अरुण नेपालले राजीनामा दिएका थिए ।

चार महिना पछि मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

मुख्यमन्त्री पौडेलले केशव राज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?