काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । रियल र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीबीचको खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । घरेलु मैदानमा रियल जित निकाल्दै फाइनलको नजिक पुग्ने दाउमा रहेको छ । तर, च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम मानिएको रियललाई चेल्सीविरुद्ध जित निकाल्न सहज भने छैन ।
चेल्सी पनि रियललाई हराएर फाइनल नजिक पुग्ने दाउमा छ । रियल र चेल्सीबीच यो चौंथो भेट हो । यस अघिका तीन खेलमा चेल्सीले २ जित निकाल्दा एक खेल बराबरी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया