काठमाडौं । सरकारले तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तत्कालका लागि आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक हवाइ उडान सुचारु राख्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
हवाइ यात्रुहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरे नगरेको सम्बन्धित निकायले निगरानी गर्ने पनि मन्त्री ज्ञवालीले बताए ।
अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया