काठमाडौं । खुकुरी नेपाल सुपर लिगको दोस्रो दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
दशरथ रंगशालामा आईतवार अपरान्ह सम्पन्न भएको खेलको पहिलो हाफको १६औं मिनेटमा विक्रम धिमालको गोलबाट विराटनगरले अग्रता लिएको थियो।
दोस्रो हाफको ५७औं मिनेटमा विराटनगरका लागि एडीलाजा सोमिडेले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। ६९औं मिनेटमा सन्तोष तामाङले गोल गर्दा धनगढी माथि विराटनगरले शानदार जित हात पार्न सफल भएको हो।
यस जितसँगै विराटनगर सिटी एफसिले लिगको शुरुवात ३ अंकले गरेको छ भने धनगढी एफसीले आफ्नो रक्षापंक्तिमा केही सुधार गर्नु पर्ने देखिन्छ।
आजको दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी अहिले ५:३० बजे प्रतिस्पर्धा गर्दैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया