ट्याक्टरबाट खसेर १३ वर्षीय बालकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । गोरखामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सहिदलखन गाउँपालिका-९ सेप्राक नाम्जुङस्थित सडकमा ग१ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने होमनाथ ढकालको १३ वर्षीय छोरा दिवश ढकालको मंगलवार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?