काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन् ।
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।
देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।
तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।
तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन् । उनले लकडाउन तथा प्रतिबन्धहरुका देशको अर्थतन्त्र बिग्रने दाबी गर्दै आएका छन् । जुन देशका लागि भाइरसको प्रभावभन्दा बढी हानिकारक हुने उनको दाबी रहेको छ ।
तर देशको राजनीतिका पस्थितिको कारण ब्राजिलका यो स्थिति आएको र दुर्भाग्यबस ठूलो सङ्ख्यामा व्यक्तिहरु ज्यान गुमाएका विज्ञहरुको भनाइ रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सङ्कट निम्त्याउनुमा राष्ट्रपति जैर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।
भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड १६ लाख भन्दा बढी संक्रमित छन् । बुधवार साँझसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार भन्दा बढी पुगिसकेको छ । त्यस्तै संक्रमित संख्याका आधारमा भारत, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वविद्यालयका अनुसार १३ करोड ३७ लाख ३४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया