काठमाडौं । भारतमा हिजो (शनिवार) मात्रै ९२ हजार ९०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ दैनिक कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।
हिजो (शनिवार) भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै भारत संसारमा दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ।
भारतमा शुक्रवार ८९ हजार मानिसमा संक्रमण देखिएको थियो । यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिने गरेको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया