मेलम्चीको पानी वितरणको उद्घाटनमा मन्त्री थापाको भिडियो सन्देश

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची आयोजनाको योजनाकार पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति स्वर्गीय कृष्णप्रसाद भट्टराई  ‘किशुनजी’ लाई स्मरण गरेका छन् ।

आज मेलम्चीको पानी काठमाडौंमा वितरणको शुभारम्भमा भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री थापाले भट्टराईको स्मरण गरेका हुन् ।

स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि आराम गरिरहेका मन्त्री थापाले भिडियो सन्देश पठाएका थिए ।

पानी वितरणको उद्घाटन समारोहमा मन्त्री थापाले आयोजना निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?