काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डा. पौडेलसहित सदस्यहरु नियुक्त गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।
आजको बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्त गरेको हो ।
हुमागाईंसँगै बोर्डको अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । आवेदनमा हुमागाईंसहित लेखनाथ शर्मा र रमेशकुमार खड्काको नाम सिफारिस भएको थियो ।
गत फागुन २० गते मन्त्रालयले सूचना जारी गर्दै बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुको आवेदन माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया