काठमाडौं । आज काठमाण्डौको कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने भएको छ ।
मच्छेगाउँ फिडर अन्तर्गत चम्पादेवी बसपार्क र ज्वालादेवी मन्दिर क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले विहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ज्वालादेवी र चम्पादेवीमा रहेका दुई वटा ट्रान्सफर्मर बन्द गरेर काम गरिँदै छ । खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल र नगाउँमा बत्ती जाने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया