काठमाडौं । नेकपा एमाले संसदीय दलको विधान संशोधनका लागि समिति निर्माण गर्दै नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक सकिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल समुहको नेकपा एमाले नेताको तर्फबाट प्रदेशसभा सदस्य अष्ट लक्ष्मी शाक्यले आफ्नो धारणा राखेकी थिइन् ।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विगतका कमि कमजोरीलाई त्यागेर अघि बढ्नु पर्ने धारण व्यक्त गरेका थिए । उनले अहिलेको परिस्थितीमा नेकपा एमाले आपसमा विवाद खडा गरेर समस्यामा फस्नु भन्दा आफुलाई सच्याएर पार्टी र जनताको हितका लागि काम गर्नुपर्ने बताए ।
बैठकमा आफ्नो धारणा राख्दै नेतृ शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने धारण राखेकी थिइन् ।
उनले आफु एकताको पक्षमा रहेकाले नेकपा एमालेलाई एकताबद्ध बनाउनका लागि मुख्यमन्त्री पौडेल विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन् ।
उनले कम्युनिष्ट आन्दोलनको उपलब्धीलाई लत्याएर विधि र विधान मिच्दै अघि बढ्दा कम्युनिष्ट पार्टी धरासायी बनेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया