एमाले अध्यक्ष ओलीको पुत्ला दहन

लोकपथ
0
Shares

कैलाली । धनगढीमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष निकट युवा संघ नेपालका नेता–कार्यकर्ताले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

अध्यक्ष ओलीले आफ्ना पक्षका माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेको विरोधमा उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?