काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् । म्यानचेस्टर सिटीले फरवार्ड अग्युरोले सिजनको अन्त्यपछि क्लब छाड्ने जनाएको छ ।
अर्जेन्टिनाका अग्युरोको सिटीसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ । र, अग्युरोले क्लबसँगको सम्झौता नवीकरण गरेका छैनन् ।
३२ वर्षीय अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । अग्युरोले सिटीका लागि ३ सय ८४ खेलमा २ सय ५७ गोल गरेका छन् ।
प्रिमियर लिगमा उनले १ सय ८१ गोल गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया