काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गरिएको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज सर्वोच्च अदालतमा जाँदैछ ।
एमाले र माओवादी केन्द्रको एकता नै भत्काउने गरी सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘करेक्सन’का लागि माओवादी केन्द्र निवेदन दिने सर्वोच्च जान लागेको हो ।
सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन हाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले बिहान ११ बजे अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ।
पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो।
साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् ।
प्रचण्डले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँगको परामर्शमा निवेदनसमेत तयार पारि सर्वोच्च जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया