काठमाडौं । युवा नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले पार्टीमा विभाजनको अभ्यास कोर्ने अभ्यास शुरु भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै गैरेले पार्टीमा एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास शुरु भएको उल्लेख गरेका हुन् ।
ट्वीटमा गैरेले कारवाहीको बाटो भन्दा संवादको बाटो रोजेर एमालेको एकता कायम राख्न सकिने समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर बिभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमाले को एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी संचालन हुनु पर्छ। कारबाही को बाटो होइन सम्बाद को बाटो रोजौ।’
अध्यक्ष ओलीले सोमवार मात्रै एमालेका वरिष्ठ नेता नेपाल र भीम रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेको सार्वजनिक भएपछि नेता गैरेको यस्तो प्रतिक्रिया आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया