काठमाडौं । त्रिदेशीय फुटबल खेलमा आज नेपाल र बङ्गलादेशसँग फाइनल खेलको लागि भिड्दै छ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपाल बङ्गलादेशसँगै खेल्नेछ ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया