काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।
चैत १८ गते काठमाडौंमा बस्ने गरी मुख्यमन्त्री पौडेलले संसदीय दलको बैठक बोलाएका हुन् ।
गत पुस १० गते आफूविरुद्ध बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि निर्देशन दिने उद्देश्यका साथ संसदीय दलको बैठक बोलाएको बागमती प्रदेशसभा सदस्य जुनेली माया श्रेष्ठले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया