माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । सल्यानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-२ खर्केडाँडामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने ४५ वर्षीया ऐली चलाउनेको शनिवार दिउँसो मृत्यु भएको छ ।

माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी उनको उद्दार गरी श्रीनगरस्थित शारदा मेट्रो हुँदै जिल्ला अस्पताल सल्यान लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ढिस्कोमा पुरिएर घाइते भएकी सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहोरालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?