काठमाडौँ- चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका–१४ बाट तीन केजी गाँजासहित २० वर्षीय आनन्द लामालाई पनि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
यस्तै एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २६ वर्षीय साजन राउतलाई पक्राउ गरेको छ ।राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोेत नखुलेको नगद रु ३० लाख ५० हजारसहित शुक्रबार काठमाडौँ कालोपुल बस्ने गुल्मीका २५ वर्षीय गणेश पाण्डेसहित दुई पक्राउ परेको र उनीहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया