फ्रिजमा लुकाएर राखेको ब्राउनसुगरसहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागूऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा धरान-१५ का २२ वर्षीय सुजन धमला,२५ वर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ वर्षीय अर्पण धमला रहेका छन ।

विशेष सुराकका आधारमा बुधवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाइ नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागूऔषध खैरो हिरोईन ब्राउनसुगर फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परेका चारै जना उपर लागूऔषध मुद्दामा कानूनी कारबाही अगाडी बढाई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?