भारतको सनराइज अस्पतालमा आगलागी : १० जनाको मृत्यु

काठमाडौं- भारतको मुम्बईमा रहेको एक अस्पतालमा आगलागीमा परी दश जनाको ज्यान गएको छ । मुम्बईको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आगलागीमा परी दश जनाको मृत्यु भएको हो ।

मलको पहिलो तलामा आगलागी त्यहाँको स्थानीय समय रातको साढे १२ बजे शुरु भएको थियो ।

अस्पतालमा रहेका कोरोना संक्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?