काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाइको छ ।
नेता नेपाल पक्षले शुक्रवार (भोलि) बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतले पार्टी एकिकरणलाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फकाईदिएसँगै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्ष दुई समूहमा आ-आफ्ना क्रियाकलाप गरिरहेका छन् ।
यसअघि अध्यक्ष ओली पक्षले गत फागुन २८ गते केन्द्रीय समिति बैठक बोलाई प्रदेश ईञ्चार्जहरुको नियुक्ती लगायतको निर्णय गरेको थियो ।
त्यसको विरोध जनाउँदै आएको नेपाल पक्षले एमाले निकटका विद्यार्थी संगठनदेखि महिला संगठनहरुमा समानान्तर कमिटी बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया