काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्तामा रमेश बडालको नाम सिफारिस भएको छ ।
सरकारले शुक्रवार महान्यायाधिवक्तामा बडालको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
आज नै महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामासँगै बडालको नाम सिफारिस गरिएको हो ।
महान्यायाधीवक्ता खरेलले संसद विघटनको मुद्दामा सरकारको रक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्रीले आलोचना गरेका थिए । त्यससँगै खरेलले राजीनामा दिने चर्चा चलेको थियो । उनले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै राजनीतिमा सक्रिय हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया