काठमाडौँ- पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरूको गतिविधि जनताले नियालीरहेकाले जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।
चितवनमा बिहीवार पत्रकारसँग कुरा गर्दै डा. यादवले भने, ‘दलहरूलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे । उनले थपे, ‘म आशा गर्छु, राजनीतिक दलहरूले आ–आफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’
देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा. यादवले बताए । उनले भने, ‘हामी लोकतन्त्रमा छौं । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वाेच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया