काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभाव भएपछि खोप अभियान हाललाई स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए ।
नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियान शुरु भएको हो । भारत सरकारले १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएसँगै नेपालमा पहिलो चरणको खोप अभियान शुरु गरिएको थियो ।
पहिलो चरणअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सञ्चारकर्मीहरुलाई लगाइएको थियो ।
त्यस्तै नेपालमा फागुन २३ गतेबाट दोस्रो चरणको खोप अधिभयान शुरु गरिएको थियो । दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया