काठमाडौं । सुनसरीको धरानमा सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान –५ देउरालीका ३५ वर्षीय किशोर विक रहेका छन् ।
विकलाई हिजो (सोमवार) राती ८ बजे धरान १५ श्यामचोक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाइते बनाएको थियो । घाइते भएका विकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको प्रहरी कार्यालय जनाएको छ।
सफारी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया