भीरबाट लडेर मृत्यु

RSS
0
Shares

बझाङ । बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।

धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेका थिए ।

आइतवार घरमा अबेरसम्म नफर्किएपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ ।

मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?