काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य स्थिर रहेको छ ।
हिजो (आइतवार) तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमवार पनि यथावत रही तोलामा ८६ हजार ६०० रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमवार चाँदीको मूल्य भने ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ७५ मा कारोबार हुने महासंघले जनाएको छ । हिजो आइतवार चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंया रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया