नेपाल पक्षको निर्णय: शनिवार केन्द्रीय कमिटी बैठक, समानान्तर कमिटी बनाउने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने भएको छ ।

नेपाल समूहको नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता रघुजी पन्तले भने, “नेकपा एमालेको विधि, विधान नियमावलीविपरीतको बैठक हो । यसको वैधानिकता छैन । यो बैठक अवैधानिक छ । यसलाई मान्न सकिँदैन,।” उनले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक नभएर आफूपक्षीय नेताहरुको भेला भएको टिप्पणी गरे । ओलीको निर्णयले पार्टी विभाजनतिर लैजाने उनको भनाइ छ ।

यस्तै नेपाल पक्षले शनिबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त समूहको स्थायी कमिटी बैैठकले माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष निकालेको छ।

नेपाल समूहले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना पनि गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?