रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ४ चन्द्रनिगाहपुर चोकबाट प्रहरीले नौ सय ट्याब्लेट नाइट्राजिपामसहित दुई जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान कमल धामीले चलाई आएको ना ५८ प ९५४८ नम्बरको एफ.जेड मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार रौतहट चन्द्रपुर नगरपालिका वडा नं ३ गैंटाडार वस्ने ३० वर्षीय राजु कुमरले मोटरसाईकलमा पोलिथिन झोलाभित्र लुकाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई लागु औषध र मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया